शेयर बजारमा आज चम्किने र ओझेलमा पर्ने कम्पनीहरूको सूची

काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक  आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ९९ अंकले बढेर २,६३४ को विन्दुमा कायम भएको छ ।  आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।



आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ९२ प्रतिशतका दरले गुमाएका हुन् ।