काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ९९ अंकले बढेर २,६३४ को विन्दुमा कायम भएको छ । बन्द भएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.६३ प्रतिशतले बढेको छ भने अन्य समूह सर्वाधिक ०.३६ प्रतिशतले घटेको छ।आज बजारमा १४५ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १०३ कम्पनीको शेयरभाउ घटेको छ। बजारमा आज ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन साहास ऊर्जाको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी