बुङ्गल हाइड्रोलाई आईपीओ निष्काशनको अनुमति

काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। असार १५ गते बोर्डले कम्पनीलाई २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति दिएको हो।

कम्पनीले आफ्नो जारी पुँजीको ३५ प्रतिशत हिस्सा सार्वजनिक गर्दै आईपीओमार्फत सर्वसाधारणमा शेयर निष्काशन गर्न लागेको हो। यस निष्काशनको लागि हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहनेछ।

बुङ्गल हाइड्रो लिमिटेडले बझाङ जिल्लामा निर्माण गरेको १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना २०८० भदौ २ गतेदेखि व्यवसायिक उत्पादनमा आइसकेको छ।

कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् भने अन्य सञ्चालकहरूमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत रहेका छन्। बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको संस्था हो।