काठमाडौँ । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार २६ दशमलव ५३ अंकले बढेर २,६२२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब १२ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ५.५७ प्रतिशतका दरले गुमाएका छन् । यसदिन युनिलिभर नेपालका लगानीकर्ताले ३.०४ प्रतिशतका दरले गुमाएका छन् भने पञ्चकन्या माइ हाइड्रोवारका लगानीकर्ताले ३.२० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, पियोरका लगानीकर्ताले ३.१९ प्रतिशतका दरले गुमाएका छन् भने बुटवल पावर कम्पनीका लगानीकर्ताले ३.०३ प्रतिशतका दरले गुमाएका छन् ।