बजारको उछालसँगै यी १० कम्पनीको उल्लेख्य कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ को विन्दुमा बन्द भएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेको छ भने एउटा समूह घटेको छ। यो दिन बैंकिङ समूह सर्वाधिक २ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह ०.५६ प्रतिशतले घटेको छ। यो दिन १८५ वटा कम्पनीको शेयरभाउ बढ्दा ६३ वटाको घटेको छ। आज बजारमा ७ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार साहास ऊर्जाको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी