काठमाडौँ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार, असार १५ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागले ६३ दिन अवधिका लागि निक्षेप संकलन बोलकबोलमार्फत रकम खिच्न लागेको हो।
यस निक्षेप संकलनमा "क", "ख" र "ग" वर्गका नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। बोलकबोल ब्याजदरको आधारमा हुनेछ, जहाँ बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था छ। सहभागी संस्थाहरूले आफुले जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको चार अंकसम्म) अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। बोलकबोलका लागि आवेदन आज अपराह्न ३ बजेभित्र राष्ट्र बैंकको Online Bidding System Software मार्फत पेश गर्नुपर्नेछ।
घटिमा १० करोड रुपैयाँ र बढिमा ५ करोडको गुणाङ्कमा बोलकबोल गर्न पाइनेछ। राष्ट्र बैंकले प्राप्त आवेदनको आधारमा ६० अर्ब रुपैयाँसम्म, सोभन्दा बढी वा कम रकम समेत संकलन गर्न सक्नेछ।