बरुण हाइड्रोपावरले असार ३१ देखि १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हालको चुक्तापुँजीको १०० प्रतिशत बराबरमा १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

यसअन्तर्गत कम्पनीले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। यस हकप्रद निष्काशनमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले हकप्रद निष्काशनका लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, जेठ २१ गतेसम्म शेयरधनी कायम रहेका लगानीकर्ताहरूले मात्र आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले जेठ ६ गते कम्पनीलाई हकप्रद निष्काशनको स्वीकृति दिएको हो। यस निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले लिएको छ।