काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको पहिलो चरणको आईपीओ भर्ने आज असार १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेकोमा सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले सोलुखुम्बु र ओखलढुंगाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले ओखलढुंगाको खिजिदेम्बा गाउपालिका वडा नम्बर ८ का स्थानीय र सोलुखुम्बी जिल्ला लिखुपिके गाउपलिका वडा नम्बर २ स्थानीयलाई १ लाख ६८ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।