काठमाडौँ । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँमा आइपुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६२ हजार ३ सय ८० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ८ सय ५६ रुपैयाँ तोकिएको छ ।