काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० को विन्दुमा बन्द भएको हो। बजार घट्दा नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.४३ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.०७ प्रतिशतले घटेको छ। यो दिन बजारमा ११२ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १३४ कम्पनीको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ। यो दिन बुटवल पावरको कम्पनीको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी