युएई जाने कामदारको तलव बढ्यो

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारको न्यूनतम तलब वृद्धि गरेको छ। अब अदक्षदेखि उच्च दक्ष श्रमिकले क्रमशः १,०००, १,२००, १,५०० र ६,००० दिराम मासिक तलब पाउनेछन्, जुन रकम तोकिएको न्यूनतम दरभन्दा कम भएमा मागपत्र प्रमाणीकरण नै नहुने श्रम मन्त्रालयले स्पष्ट पारेको छ। यस्तै, मासिक ४०० दिराम बराबरको खाना खर्च पनि रोजगारदाताले अनिवार्य रूपमा दिनुपर्नेछ। यसरी अब नेपाली श्रमिकले न्यूनतम १,४०० देखि ६,४०० दिरामसम्म पाउने व्यवस्था गरिएको छ। यो निर्णय वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ अनुसार सोमबार राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको हो।