काठमाडौँ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले हिजो असार १० गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।
कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ४६ करोड ५७ लाख १४ हजार३ सय रुपैयाँको ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।