आज शेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ता बने मालामाल

काठमाडौँ  । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.०८ अंकले बढेर २,६०१ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ७६ करोडको कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा ओम मेगाश्री फार्मास्यूटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.०१ प्रतिशतका दरले बढेको छ । यसदिन हिमालयन पावर पार्टनरका लगानीकर्ताले ७.८७ प्रतिशतका दरले कमाएका छन् भने खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.९७ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, प्योर इनर्जीका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले कमाएका छन् भने पाँचथर पावर कम्प्यान्टका लगानीकर्ताले ४.८३ प्रतिशतका दरले कमाएका छन् ।