सुनको मूल्यमा १७ सयको गिरावट, चाँदी पनि सस्तियो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।