आज सेयर बजारमा उच्च कारोबार भएका दश कम्पनीहरू

काठमाडौं । शेयर बजार सोमबार बढेको छ। नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ को विन्दुमा उक्लिएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक २.२० प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.६१ प्रतिशतको गिरावट देखिएको छ।

आज बजारमा १२३ कम्पनीको शेयरभाउ बढ्दा १२४ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउस्थिर रहेको छ। बजारमा आज करिब साढे ६ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।