काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । यसदिन सुन आईतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।