आज शीर्ष कारोबार गर्ने १० कम्पनी सबै हाइड्रो क्षेत्रका

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ को विन्दुमा झरेको छ। बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह राताम्मे भएका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक ३.१३ प्रतिशतले घटेको छ।आज बजारमा २३ कम्पनीको शेयरभाउमात्रै बढेको छ। यो दिन २२५ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार दोर्दीखोला जलविद्युतको भएको छ।