सुन र चाँदीको मूल्य बढ्यो, आजको कारोबार दर कति?

काठमाडौँ  । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५०रुपैयाँमा कारोबार भएको थियो ।