काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था समान स्वापमा मर्ज हुने भएका छन् । मर्जरसहितका प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्तले असार २८ गते साधारणसभा आह्वान गरेको छ।
सो सभामा दुई कम्पनी १:१ को समान स्वापमा मर्ज गर्ने सहितका मर्जर सम्बन्धि विशेष प्रस्ताव पेश हुने छ। यी दुई संस्थाबीच फागुन १७ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको थियोे ।
ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ। ग्रामीण विकासको चुक्ता पुजी ९८ करोड २५ लाख रहेको छ भने समाजको पुजी २ करोड २८ लाख ५० हजार मात्र छ।