नेपालमा ३२ अर्ब ८ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन-जेठ) सम्ममा देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको १९ लाख ७५ हजार ५ सय १३ थान स्मार्टफोन आयात भएको हो ।उक्त परिमाणमा स्मार्टफोन आयात हुँदा सरकारले ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।