सुन र चाँदीको मूल्यमा गिरावट, आजको कारोबार दर कति?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा एक लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २५ रुपैयाँले घटेर दुई हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।