काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप रकम ७० खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कुल निक्षेप रकम ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको हो।
यो मध्ये, वाणिज्य बैंकहरूले ६२ खर्ब ६२ अर्ब रुपैयाँ संकलन गरेका छन् भने विकास बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन्। राष्ट्र बैंकका अनुसार कुल निक्षेप रकममध्ये आधाभन्दा बढी हिस्सा मुद्दती खातामा रहेको छ, जसले वित्तीय प्रणालीमा स्थायित्व र दीर्घकालीन लगानीको सम्भावना संकेत गर्दछ।