काठमाडौं । शेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ। नेप्से परिसूचक आज १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा बन्द भएको हो। बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन जलविद्युत समूह सर्वाधिक ०.७४ प्रतिशतले बढ्दा विकास बैंक समूहमा सर्वाधिक १.२५ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा ८८ वटा कम्पनीको शेयरभाउ बढ्दा १५९ वटा कम्पनीको शेयरभाउ घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी