काठमाडौँ । नेपाल राष्ट्र बैंकले बोलकबोल माध्येमबाट ९० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि राष्ट्र बैंकले उक्त रमक बरावरको निक्षेप बजारबाट खिच्चन लागेको हो ।
केन्द्रीय बैंकले ३५ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी साउन ७ गते हुने मात्रै हुने भएको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सकिनेछ ।