कसले मच्चाए बजारमा धुम ? शीर्ष १० कारोबार गर्ने कम्पनीहरू हेर्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार झिनो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा बन्द भएको हो। बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूहमा मात्र हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक १.१० प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहमा सर्वाधिक १.५८ प्रतिशतको गिरावट देखिएको छ।आज बजारमा ९९ वटा कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १४८ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।