नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहको सवा ३ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहको सवा ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ३ लाख ३४ हजार २६९ कित्ता सेयर बिक्रीमा राखिएको हो। उक्त सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्र  खरिदको लागी  आवेदन पेस गर्न सक्ने छन्।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा आवेदन पेस गर्न सकिने छ। तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।