काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हकप्रदमा आवेदन दिने आज असार ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख ३० गतेदेखि हकप्रद बिक्री खुला गरेको हो। कम्पनीले १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले वैशाख ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् ।
कम्पनीले चैत्र ३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको थियो। हकप्रद शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।