थोरै अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

काठमाडौँ  । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.४० अंकले बढेर २,६५९ बिन्दुमा कायम भएको छ ।  शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १३ अर्ब १८ करोडको कारोबार भएको हो । शेयर बजारमा पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.५८ प्रतिशतका दरले गुमाएका छन् ।