नेप्सेमा आज थपिए १५ लाख कित्ता बोनस शेयर

काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ। आज सानिमा जीआईसी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो। आज कम्पनीको ७.५ प्रतिशतले हुन आउने १५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।