काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी मूल्य स्थिर छ । यस दिन सुन र चाँदी दुबैको मूल्यमा घट्बढ नभएको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।
यस दिन पनि चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा स्थिर भएको छ । गत शुक्रबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर यस दिन चाँदीको कारोबार हुने भएको हो । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।