१० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असार २ गतेदेखि रूपैयाँ १० दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले रुपैयाँ १० दरको साविककै आकार तथा रङ्गमा नयाँ नोट प्रचलनमा ल्याएको हो।

नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश रहेको छ । नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ।

नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको र नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा “वि.सं. २०८१ लेखिएको छ।

नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASTRA BANK” लेखिएको, नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा “RUPEES TEN” लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा “2024 ADM लेखिएको छ ।