काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा बन्द भएको हो।
सामान्य बढेको बजारमा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.४७ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक ०.७६ प्रतिशतले घटेको छ।आज बजारमा ९० कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १५७ कम्पनीको शेयरभाउ घटेको छ।
बजारमा आज करिब साढे ११ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।