प्रि ओपन सेसन :नेप्से  करिब १ अंक घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९.०८ अंक घटेर २६५५.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७७ अंक घटेर २६५४.६१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेको छ। आइतबार प्रि ओपन सेसनमा ४९ स्टकको ८२ पटकको कारोबारमा ३७ लाख २० हजार २७९ रुपैयाँबराबरको ७ हजार ७८१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।