ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क

काठमाडौँ । ग्राहकमैत्री सेवा र आकर्षक योजनाका लागि प्रख्यात ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँग सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ योजना सुरु गरेको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सिइओ सुवास सापकोटाले संयुक्त रूपमा यो कार्ड सार्वजनिक गरेका हुन्।

यो योजनाअन्तर्गत ग्लोबल स्काई क्लब कार्डमार्फत यती एयरलाइन्सको पहिलो टिकट खरिदमा पूर्ण क्यासब्याक उपलब्ध हुनेछ। साथै, प्रत्येक टिकट खरिदमा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) छुट, बोनस पोइन्ट, प्राथमिक चेक–इन, र ५ किलोग्राम अतिरिक्त लगेज सुविधा प्राप्त हुनेछ। कार्ड जारी गर्दा ग्राहकले १०० बोनस पोइन्ट पाउनेछन्, जुन छुट वा अन्य सेवामा प्रयोग गर्न सकिन्छ।

यो कार्डमार्फत पीओएस वा ई-कमर्स प्लेटफर्ममा प्रत्येक १०० रुपैयाँ खर्च गर्दा १ माइलेज पोइन्ट प्राप्त हुन्छ। यसले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकलाई बारम्बार लाभ लिने अवसर प्रदान गर्छ। विमानस्थलमा कार्डबाहकलाई प्राथमिक चेक–इन र बोर्डिङ सुविधा उपलब्ध हुनेछ। बैंकका सिइओ रेग्मीका अनुसार यो सहकार्यले डिजिटल बैंकिङ र ग्राहकमैत्री सेवालाई थप सशक्त बनाउनेछ। उनले भने, “ग्लोबल आइएमई बैंक सधैँ नवीन प्रविधि र समयानुकूल योजनामार्फत ग्राहकलाई उत्कृष्ट सेवा दिन तत्पर छ।”

यस्तै, यती एयरलाइन्सका सिइओ सापकोटाले यो योजनाले दुवै संस्थाका ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने र भविष्यमा थप नवीन सेवा ल्याउने विश्वास व्यक्त गरे।ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। बैंकले विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि पुर्‍याउँछ। ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र युरोमनी अवार्ड २०२४ लगायतका सम्मान प्राप्त यो बैंक नेपालको निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक हो।