एकैदिन १ हजार ३ सय  रुपैयाँले बढ्दा सुनको कारोबार मूल्य कति पुग्यो? हेर्नुहोस् विवरण

काठमाडौं। स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मंगलवार तोलामा १ लाख ९० हजारमा कारोबार भएको सुनको मूल्य बुधवार तोलामा १ हजार ३ सयले बढेर प्रतितोला १ लाख ९१ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । मंगलवार तोलामा २ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार घटेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।