काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ को विन्दुमा उक्लिएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। सर्वाधिक बढोत्तरी वित्त समूहमा ५.१२ प्रतिशतको देखिएको छ। आज बजारमा १९६ कम्पनीको शेयरभाउ बढेको छ भने ५२ कम्पनीको घटेको छ। यो दिन बजारमा १० अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एचआईडीसीएलपीको भएको छ।