काठमाडौँ । आज मंगलबार छापावाल सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँमा झरेको छ। त्यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२ हजार ८ सय ९५ रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार १ सय ६५ रुपैयाँमा पुगेको छ। प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८ सय ५६ रुपैयाँ तोकिएको छ। आजको बजार मूल्यले सुनमा गिरावट देखिएको छ भने चाँदीको मागसँगै मूल्यमा वृद्धि देखिएको छ।