जोशी हाइड्रोलाई हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौँ ।जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

कम्पनी १:०.६५ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ६५ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।