काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ को विन्दुमा बन्द भएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटा बढेका छन् भने २ वटा घटेको छ। यो दिन अन्य समूह सर्वाधिक २.६३ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक ०.४४ प्रतिशतले घटेको छ।
आज बजारमा १९१ कम्पनीको शेयरभाउ बढेको छ भने ५६ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ८ अबै ६८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।