शेयर बजारमा ५६ कम्पनीको शेयर मूल्य  गिरावट हुदा यी ५ कम्पनीले सर्वाधिक गुमाए

काठमाडौँ। सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २७.२९ अंकले बढेर २,६५७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ८ अर्ब ६८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.४७ प्रतिशतका दरले गुमाएका छन् । यसदिन मिथिला लघुवित्तका लगानीकर्ताले ५.२३ प्रतिशतका दरले गुमाएका छन् भने सप्तकोृशी विकास बैंकका लगानीकर्ताले ५.११ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी मानुषी लघुवित्तका लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका छन् भने नाडेप लघुवित्तका लगानीकर्ताले २.८५ प्रतिशतका दरले गुमाएका छन् ।