काठमाडाैं। सर्वोत्तम सिमेन्ट लिमिटेडकाे सञ्चालक पदमा विनय खरेल नियुक्त भएका छन्।कम्पनीकाे आइतबार बसेको सञ्चालक समितिको २३४औं बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेकाे हाे।
बैठकले कम्पनीका सञ्चालक उत्सव न्यौपानेले जेठ २३ गते दिएकाे राजीनामा पनि स्वीकृत गरेकाे छ। याेसँगै संस्थापक सेयरधनी समुहको प्रतिनिधित्व गर्दै रुपन्देहीका खरेललाई रिक्त पदमा चयन गरिएकाे कम्पनीले बताएकाे छ।