एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गर्‍यो

काठमाडौँ  । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ०.२६८४ प्रतिशत नगद लाभांश गरि कुल ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।