काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार घटेको छ। नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को विन्दुमा झरेको हो। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन जलविद्युत समूह सर्वाधिक १.२२ प्रतिशतले बढ्दा बैंकिङ समूह सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।
बजारमा ८६ कम्पनीको शेयरभाउ बढेको छ भने १६२ वटाको घटेको छ। बजारमा ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी