प्रि ओपन सेसन : नेप्से साढे १ अंकले घट्यो

 काठमाडौँ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.९९ अंक घटेर २६४०.९६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६९ अंक घटेर २६३ढ.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३७ स्टकको १०६ पटकको कारोबारमा २ करोड ३ लाख ७२ हजार १४८ रुपैयाँ ४० पैसाबराबरको २७ हजार ६०४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ।