काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो।
बिहीबार छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो। यसअघि सुनको मूल्य लगातार ६ दिनमा ५ हजार ९०० रुपैयाँले बढेको थियो। शुक्रबार, आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको मूल्य क्रमशः ७००, ३००, १०००, २९००, ५०० र ५०० रुपैयाँले बढेको थियो।
शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य बढेको महासंघले जनाएको छ। बिहीबार २०७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २१५० रुपैयाँमा कारोबार भइरहेको छ।