आजको शीर्ष १० कारोबार कम्पनीमा हाइड्रो समूहको दबदबा

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा बन्द भएको हो। नेप्सेमा उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेको छ। सर्वाधिक बढोत्तरी जलविद्युत समूहमा १.१३ प्रतिशतको देखिएको छ भने सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन समूहमा १.०४ प्रतिशतको देखिएको छ। आज बजारमा ९४ कम्पनीको शेयरभाउ बढेको छ। १५३ वटा कम्पनीको शेयरभाउ घट्दा एउटाको स्थिर रहेको छ।

बजारमा आज करिब ८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी