प्रि ओपन सेसन : नेप्से ३ अंक बढीले घट्यो

काठमाडौँ ।  बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ११.९७ अंक घटेर २६४६.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१० अंक घटेर २६४३.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३६ स्टकको ३ करोड ८७ लाख ६४ हजारु रुपैयाँको शेयर खरिदबिक्री भएको हो । मध्ये १६ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको शेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ।