
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुवै इन्स्योरेन्स कम्पनीहरूले जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्, जसअनुसार आजसम्म कायम रहेका शेयरधनीहरू मात्रै आगामी साधारणसभा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिक साधारणसभा असार ५ गतेका लागि बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
उता, एनएलजी इन्स्योरेन्सले जेठ २९ गते साधारणसभा आह्वान गरेको छ। यस कम्पनीले सोही आवको मुनाफाबाट २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाबाट प्रस्तावहरू पारित भएमा, आजसम्म शेयरधनी सूचिमा नाम रहेका लगानीकर्ताहरूले मात्र ती लाभांश प्राप्त गर्नेछन्।