
काठमाडौँ ।दरमखेला हाइड्रो इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति पाएको छ। कम्पनीले जेठ २० गते (मंगलबार) बोर्डबाट सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको हो।
बोर्डले कुल १ करोड ५ लाख ३ हजार कित्ता सेयरमध्ये ३९ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि र ६३ लाख ५५ हजार कित्ता प्रोमोटर सेयर निष्कासनको अनुमति दिएको छ। आईपीओ निष्कासनका लागि दरमखेला हाइड्रो इनर्जीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धकको रूपमा नियुक्त गरिसकेको छ।
कम्पनीले जारी पूँजीको ३८.३३० प्रतिशत सर्वसाधारणका लागि र बाँकी ६१.६७० प्रतिशत प्रोमोटर समूहका लागि सेयर निष्कासन गर्ने जनाएको छ।