दोहोरो अंकले घटेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा झरेको हो।  नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेका छन्। सर्वाधिक गिरावट बैंकिङ समूहमा २.३४ प्रतिशतको देखिएको छ। आज बजारमा ३४ वटा कम्पनीको शेयरभाउ बढ्दा २१४ वटाको घटेको छ। यो दिन बजारमा ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।